‘दिमाग खराब’ले मनायो ५१ औं दिन, सिक्वल २०८३ को दशैंमा आउने
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले आफ्नो प्रदर्शनको ५१ औं दिन मनाएको छ। चलचित्रले राजधानीको रञ्जना सिनेप्लेक्समा शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको हो । चलचित्र कार्तिक २४ गते सार्वजनिक प्रदर्शनमा आएको थियो ।
चलचित्र अहिले पनि नेपालसँगै डायस्पोरामा प्रदर्शन भइरहेको छ । चौतर्फी तारिफ बटुलेको चलचित्रले ५१ दिन मनाउँदै आफ्नो सिक्वलको समेत घोषणा गरेको छ । ‘दिमाग खराब’ले केक काट्दै प्रदर्शनको ५१ औं दिनको खुशी साटेको हो । सो कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकहरुको राम्रै उपस्थिति रहेको थियो । कार्यक्रममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, रमा थपालिया, निर्देशक निश्चल बस्नेत, निर्माता सुरज बम ठकुरी लगायतको उपस्थिति थियो ।
५१ औं दिनको केक काटेपछि निश्चलले खुशी व्यक्त गरे । उनले घोषित सिक्वल २०८३ सालको दशैंमा रिलिज हुने जानकारी दिए । ‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ । ‘दिमाग खराब’को सिक्वेल आउँछ । २०८३ सालको दशैंमा सिक्वेल आउँछ’, निश्चलले भने, ‘यो चलचित्रबाट हामीले जे चीज भन्न खोजेका छौं, सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय नै हुनेछ ।’ निश्चलले ६ वर्षपछि ‘दिमाग खराब’को निर्देशन गरेका हुन् । चलचित्रले १० करोडमाथिको व्यापार गरिसकेको छ ।
चलचित्रका निर्माता रौनक विक्रम कडेल हुन भने कार्यकारी निर्मातामा सुरज बम मल्ल ठकुरी रहेका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
