चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक

तीजको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।
कार्यक्रममा डेव्यु निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न चलचित्र निर्देशन गरेको बताए । कोरोना अगाडीबाट नै सुरु गरिएको चलचित्र निर्माणका क्रममा आफुले विभिन्न उतार चढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरे । उनले आफ्नो चलचित्र रिलिजमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई धन्यवाद दिए ।
चलचित्र निर्माणमा राईलाई अभिनेत्री शिल्पा मास्केले सघाएकी छन् । उनी चलचित्रमा सहनिर्माताको रुपमा छिन् । चलचित्रको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि सहकार्य गरेको उनको भनाई छ । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने चलचित्रको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।
चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्र हो ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको चलचित्रमा सन्जेन थापाको एक्सन रहेको छ ।
Latest Updates
-
-
-
यस्तो छ ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को कलेक्सन
-
-
‘मैझारो’को ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको नृत्य
-
New Releases (Ashwin 13)
-
Maitighar
Director : Milan Tamang
Casts : Dhiraj Magar, Upasana Singh Thakuri, Kedar Ghimire, Prakash Saput, Yubaraj Lama -
Hari Bahadur Ko Jutta
Director : Dipendra K. Khanal
Casts : Hari Bansha Acharya, Swastima Khadka, Prakash Saput, Priyanka Karki, Divya Dev
Next Releases (Ashwin 31)
-
Jerry On Top
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Aanchal Sharma, Kedar Ghimire, Usha Khadgi