बेलायतमा प्रदर्शन हुँदै ‘डेसान’
चलचित्र ‘डेसान’ अब बेलायतका बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ । सामाजिक महामारीको कथामा निर्माण गरिएको चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगर लगायतको अभिनय छ ।
पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै रहेको छ । चलचित्रमा चक्रबहादुर महर्जनको छायाँकन, हरि लम्सालको संगीत, राजु थापाको शब्द, अजय स्याङतेनको कोरियोग्राफी र मिलन श्रेष्ठले सम्पादन रहेको छ ।
चलचित्रमा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । चलचित्रले नेपालमा औसत ब्यापार गरे पनि बिभिन्न अवार्डहरु भने जितेको थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
