चलचित्र ‘डिग्री माइला’को गीत सार्वजनिक
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ । गीतमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर चलचित्रको निर्माण गरेको हो । चलचित्रमा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।
आगामी नयाँ वर्षमा रिलिज हुने चलचित्रमा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक र शिवराम श्रेष्ठ र राइली एस शिनको छायाँकन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
