Mansara

‘कृष्ण–लीला’ को डियर बन्न मन छ’ सार्वजनिक

२०७७ फागुन २१
‘कृष्ण–लीला’ को डियर बन्न मन छ’ सार्वजनिक

चलचित्र ‘कृष्ण–लीला’ को डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक गरिएको छ । निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको गीतमा नारायण प्रसाद बास्कोटाको शब्द र अर्जुन पोखरेलको संगीत छ । भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।

दीपक ओली निर्देशीत चलचित्रको यो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा छायाँकन गरिएको हो ।

नयाँ बर्ष ०७८ को अबसर पारेर चैत्र २७ बाट प्रदर्शन हुन लागेको चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लभस्टोरी जनराको चलचित्रमा लक्ष्मण सुवेदीको लेखन, शिब ढकाल र बाबु श्रेष्ठको छायांकन र श्री श्रेष्ठको द्धन्द्ध छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रका सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ हुन् । 

अर्जुन जिसीको सम्पादन रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दै छ ।