डिसिने अवार्ड प्रदिप र आँचल उत्कृष्ट
डि सिने अवार्डको १५ औं संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित अवार्ड समारोहमा कुल २४ बिधामा अवार्ड प्रदान गरिएको छ ।
आयोजकले यस संस्करणमा २०७९ सालका चलचित्रलाई समावेश गरेको थियो । अवार्डमा अभिनेता तर्फ चलचित्र प्रकाशबाट प्रदिप खड्का र अभिनेत्री तर्फ चलचित्र झिंगेदाउबाट आँचल शर्मा उत्कृष्ट भए । अवार्ड समारोहमा उत्कृष्ट चलचित्र झिंगेदाउ, सर्वाेत्कृष्ट निर्देशक प्रकाश चलचित्रबाट दिनेश राउत, चलचित्र लाखेका लागि सम्राट बस्नेतले जुरी अवार्ड, पपुलर चलचित्रको रुपमा छक्का पञ्जा ४, सर्वाेत्कृष्ट नेशनल चलचित्र रिमेश अधिकारीको नालापानी घोषित भयो ।
नव निर्देशकको रुपमा चलचित्र डेसानबाट कमल एक्चै मगरले अवार्ड पाउन सफल भए । डेसानबाटै नम्रता सापकोटा सहअभिनेत्रीको रुपमा सर्वाेत्कृष्ट सावित भइन् । सहअभिनेता भने चलचित्र लाखेबाट रोहित रुम्बा र लाखेबाटै प्रशान्त ताम्राकार सर्वाेत्कृष्ट खलपात्र भए । त्यस्तै झिंगेदाउबाट हिउँवाला गौतम र प्रकाशबाट प्रकाश घिमिरे क्रमश चरित्र अभिनेत्री र चरित्र अभिनेतामा अव्वल सावित भए । चलचित्र प्रकाशबाट विकास सुवेदी सर्वाेत्कृष्ट कथाकार ठहरिए । सर्वाेत्कृष्ट पटकथा एवं संवादका लागि झिंगेदाउ चलचित्रबाट प्रदिप भारद्वाज सर्वाेत्कृष्ट ठहरिए । नरेन्द्र मैनाली छक्का पञ्जा ४ बाट सर्वाेत्कृष्ट छायाँकार भए । सर्वाेत्कृष्ट सम्पादकमा भने चलचित्र प्रकाशबाट जिवन थापा अव्वल ठहरिए ।
चलचित्र हिजोआजका कुराबाट दीपक शर्मा माया जदौ गीतका लागि संगीतकारमा, चलचित्र छक्का पञ्जा ४ बाट दर्शन सलामा गीतका लागि डेविड शंकर गायकमा, छक्का पञ्जा ४ बाटै दर्शन सलाम गीतका लागि सहिमा श्रेष्ठ गायिकामा एवं चलचित्र झिंगेदाउबाट आगोबिना बिडी जल्दैन गीतका लागि मुक्त उदास गीतकारमा सर्वाेत्कृष्ट ठहरिए । छक्का पञ्जा ४ को दर्शन सलाम गीतकै लागि कविराज गहतराज सर्वाेत्कृष्ट नृत्य निर्देशक हुन सफल भए । सम्राट बस्नेतले द्वन्द्व निर्देशकका लागि चलचित्र लाखेबाट ट्रफी उचाले । झिंगेदाउको पाश्र्व संगीतका लागि सास्वत श्रेष्ठ सर्वाेत्कृष्ट ठहरिए ।
कार्यक्रमको अवसरमा विभिन्न सम्मानहरुपनि गरिएको थियो । २५ वर्षभन्दा लामो समयसम्म सेवा गरी सकेपछि प्रदान गरिने चलचित्रकर्मी रजत सम्मान यस पटक हाँस्य अभिनेता जीतु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिएको थियो । सोही अवसरमा रंग पत्रकार मणिराज गौतमलाई १५,५५५।– राशीको छायाँछवि रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
