‘दयारानी’को गीत ‘चोरी चोरी’ सार्वजनिक
चलचित्र ‘दयारानी’मा समावेश ‘चोरी चोरी’ बोलको गीत सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारी सोमबार सार्वजनिक गरिएको गीतमा कलाकारद्वय दयाहाङ राई र दीया पुन फिचर्ड छन् । सार्वजनिक गीतमा मनोज थापा मगरको संगीत, हर्क साउँदको शब्द र संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर रहेको छ ।
माघ २६ गतेबाट नेपालसहित बिभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने चलचित्र अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको हो । गुरुङ भाषाका थुप्रै चलचित्रको निर्देशन गरिसकेका गुरुङको यो डेब्यु निर्देशकिय फिचर फिल्म हो ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
