माओत्सेको ‘पेन्सनपट्टा’मा दयाहाङ
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।
दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट चलचित्र दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् । कार्तिक तेस्रो साताबाट फ्लो्रमा जाने चलचित्रको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि लोभी केटा कसरी दानी बन्छ भन्ने कथा प्रस्तुत हुने निर्देशक तथा निर्माता गुरुङले बताए ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । चलचित्रमा दयाहाङ बाहेक अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए । चलचित्रको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापतिले खिच्ने चलचित्रको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
