चलचित्र ‘दान्भी’को गीत सार्वजनिक
चलचित्र ‘दान्भी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायाको खानी’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द र सुरेश लामा र ममता गुरुङ स्वर रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बम्जनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेत्री पूजा पहिलो पटक एक्सन अवतारमा देखिएकी छन् ।
बदलाको कथामा निर्माण भएको चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह(निर्माता रहेको चलचित्रमा हरि लामा ‘घले’को छायांकन छ ।
जुना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा संजोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
