चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ निर्माणको घोषणा
चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ निर्माणको घोषणा गरिएको छ । राजु गिरीको निर्देशन रहने चलचित्रको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
२०८१ साउन २० गतेबाट फ्लोरमा जाने जनाइएको चलचित्र जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने छ । चलचित्रमा निर्देशक गिरीकै कथा, कलाकार सविन बास्तोलाको पटकथा तथा संवाद र बाबुल गिरीको संगीत रहने छ । आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्ने चलचित्रमा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ ।
निर्देशक गिरी निर्देशित दुई चलचित्र ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन् । ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ, भने ‘नम्बरी सुन’को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
