‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक
मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज भएको छ । बुधबार सार्वजनिक भएको चलचित्रको गीतमा कलाकारहरु दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।
राजन राज सिवाकोटीको शब्द रचना तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राम कुमार केसीले खिचेका हुन् ।
मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र अञ्जिला सत्य घटनामा आधारित छ । नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा चलचित्रको कथा समेटिएको छ । चलचित्रको मुख्य भूमिका पनि एञ्जिला स्वयंमले अभिनय गरेकी छन् । चलचित्र पूर्ण रुपमा एञ्जिलाको बायोपिक नभई केही काल्पनिक कथा समेटेर सिनेम्याटीक फ्लेवर दिइएको निर्देशक चाम्स बताउँछन् ।
आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा एञ्जिला, दयाहाङ र मिरुनासँगै सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ, सुनिल थापा, मञ्जु श्रेष्ठ, सुरज तमु, वेदना राई, सुमिन गुरुङ, विरुप घले, सिद्धार्थ सिंह, बलदीप राई लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा प्रदीप भारद्धाज, यम थापा र गिरीराज घिमिरेको लेखन, सुदीप बरालको डिओपी, एलिस कार्कीको ब्याग्राउण्ड म्युजिक, राजन राज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, समीर मियाँको भिएफएक्स र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
प्रेम कुमार श्रेष्ठ निर्माता रहेको चलचित्रको सह–निर्मातामा तुवेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
