‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । कमेडीले भरिपूर्ण ट्रेलरमा नेपालीहरुको अमेरिका मोहलाई देखाइएको छ ।
हरिवंश आचार्य र निरुता सिंहलाई केन्द्रमा राखेर बनाइएको ट्रेलरमा कलाकारहरु पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, प्रियंका र्काीलगायतलाई पनि समेटिएको छ ।
मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । सुदन केसीले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्यको कथा, पटकथा र संवाद, मित्र डि. गुरुङको सम्पादन, दिर्घ गुरुङको छायाँकन, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी र शमभुजित बासकोटाको संगीत रहेको छ । चलचित्रलाई प्रमिला आचार्य, यमन श्रेष्ठ र शिवहरी पौडेलले निर्माण गरेका हुन ।
चलचित्र बैशाख २० गतेबाट प्रदर्शन हुँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
