चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त
चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ । बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जन्मदिनको अवसर पारी मंगलबार राजधानीको कमलादी स्थित गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको हो ।
उक्त अवसरमा अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्पल खड्काले मुहूर्त सट दिएका थिए । ज्योतिषले दिएको समय अनुसार बिहान ८ः३१ बजे चलचित्रको मुहूर्त गरिएको थियो । चलचित्रमा पुष्पल र आँचलका अलवा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउत, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्री सिंह चलचित्रका लागि बुधवार नेपाल आउने जनाइएको छ ।
मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रलाई उनकै छोरा सुदन केसीले निर्देशन गर्ने छन् । चलचित्रमा हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा प्रस्तुत हुने जनाइएको छ । चलचित्रको कथा, पटकथा, र सम्वाद हरिवंश आचार्यले लेखेका हुन् ।
चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको गीत, कविराज गहतराजको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन र दिर्घ गुरुङको छायाँकन रहने छ । चलचित्रमा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार र शिवहरी पौडेलको लगानी छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
