नेपाली बृत्तचित्र ‘सहायक श्रीमान’ कान्स भिडियो फेस्टिबलमा प्रथम
बहुपति प्रथामा आधारित नेपाली वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले रसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार जित्न सफल भएको छ।
अगष्ट २३ देखि २९ तारिखसम्म चलेको फेस्टिबलमा रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले ‘सहायक श्रीमान’लाई उत्कृष्ट घोषणा गरेको हो । ‘सहायक श्रीमान’ उत्कृष्ट घएसँगै प्रथम पुरस्कार वापत ग्राण्ड प्रिक्स अवार्ड प्रापत गरेको छ । फेस्टिबलमा बेलायतको वृत्तचित्र दोस्रो र पोर्चुगलको वृत्तचित्र तेस्रो भएको छ।
‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गरेका छन् । उक्त अवसरमा उनले भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरुका लागि ठूलो सम्मान हो।’ ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो । गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।
हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेको जनाएका छन् । साइन मिडिया प्रालिले निर्माण गरेको वृत्तचित्रको लेखन पनि पाण्डेकै हो।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
