चलचित्र विकास बोर्डले ‘नेपाली सिनेमा फेस्ट २०२३’ गर्ने
चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित ‘नेपाली सिनेमा फेस्ट २०२३’ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने भनिएको कार्यक्रमका लागि बोर्ड र सुर्य कर्पोरेशनबीच बिहिबार सम्झौता भएको छ । कार्यक्रमको ब्यवस्थापन कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिईओ बाशुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत नीजि क्षेत्रसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शिर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।
सन् २०२३ फेब्रुअरी १३ देखि १५ सम्म हुने कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरुको विभिन्न प्रस्तुतीहरु, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दुतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुनेछ । कार्यक्रममा ‘फिल्मीङ् डेष्टिनेशन अफ नेपाल’ परियोजना अन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कुटनितिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाईटल गरी प्रदर्शन हुनेछ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
