Mansara

क्यानडामा हुने ‘सिने स्टार अवार्ड ’ को लागी दर्ता आह्वान

२०७६ कार्तिक ६
क्यानडामा हुने  ‘सिने स्टार अवार्ड ’ को लागी दर्ता आह्वान

क्यानडामा हुने ‘सिने स्टार अवार्ड २०२०’ को लागी चलचित्र दर्ता आह्वान गरिएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी बर्ष २०७५ भित्र प्रदर्शनमा आएका चलचित्रहरु यहि कार्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन् । 

सहभागी चलचित्र हेरेर मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायक रहेको टिमले उत्कृष्ट तीन छनोट गर्नेछ ।  मंसिर दोश्रो साता मनोनय सार्वजनिक गर्ने र जनवरी ३१ तारिखमा अवार्ड आयोजना गर्ने जनाइएको छ । अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह–अभिनेता र सह–अभिनेत्री गरि १२ विधामा अवार्ड प्रदान गरिनेछ । यसका अलवा एक चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र निर्णायक टिमको तर्फबाट जुरी अवार्ड समेत प्रदान हुने जनाइएको छ ।

हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुँदैछ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

Mahajatra