‘चित्रा’ले बाबुछोरीको सम्बन्ध मात्र नभन्ने निर्देशकको दाबी
निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको चलचित्रका रुपमा मात्र बुझ्न नहुने बताएका छन् ।
बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो चलचित्रमा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए । ‘बाबुछोरीको कुरा यो चलचित्रमा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन्’ उनले भने ।
सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा यही चलचित्रमा डेब्यू गर्दैछन् । उनले ‘घर’, ‘आमा’लगायतका चलचित्रहरु सह–निर्माण गरिसकेका छन् । निर्देशक लामिछानेलाई अधिकारी निर्माता भएका कारण प्रमूख भूमिकामा अभिनय गराएको कुरालाई भने अस्वीकार गरे । त्यसैगरी उनले चलचित्रमा एन्टागोनिस्ट बनेका प्रमोद अग्रहरीको पात्रमा दर्शकले भिन्नसँगै विभिन्न रुपहरु देख्नसक्ने बताए । त्यस्तै कुरा अर्पण थापाको चरित्रमा पनि देख्न सकिने उनको भनाइ थियो ।
यसैगरी डेब्यू अभिनेता सन्तोषले आफू चलचित्रमा पैसा डुबाउन नआएको र लगानी गरेको पैसा बजारबाट उठाउन सकिने देखेरै चलचित्र बनाएको बताए । यस्तै अभिनेता प्रमोद अग्रहरी चलचित्रबाट आशावादी देखिए । उनले ट्रेलर सार्वजनिक भएपछि मिलेको प्रतिक्रियाहरुबाट आफू थप आशावादी भएको बताए ।
साक्षात्कारकै क्रममा निर्देशक घनश्याम लामिछानेले आफ्ना अघिल्ला चलचित्रहरु भन्दा ‘चित्रा’ भिन्न शैलीको रहेको जनाए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
