Mansara

‘चित्रा’को प्रिमियर सम्पन्न

२०८० पौष २४
‘चित्रा’को प्रिमियर सम्पन्न

चलचित्र ‘चित्रा’को प्रिमियर गरिएको छ । सोमबार काठमाडौंमा सम्पन्न प्रिमियरमा चलचित्र हेर्न केही चलचित्रकर्मी र पत्रकारहरु उपस्थित भएका थिए । प्रिमियर पछि चलचित्रकर्मी तथा पत्रकारहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बालगायत उपस्थित थिए।

घनश्याम लामिछाने निर्देशित चलचित्रमा सन्तोष अधिकारी, प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का लगायतको अभिनय छ ।