माधबको ‘चिट्ठी’मा ‘शिवताण्डव’
माधबराज खरेलको निर्देशनमा छायाँकनरत् चलचित्र ‘चिट्ठी’का लागि गत ‘शिवताण्डव’ रेकर्ड गरिएको छ । राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डवलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् ।
एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई कमला जोशीले निर्माण गरेकी हुन् । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो ।
चलचित्रमा संजीत भण्डारीका अलवा गोपाल ढकाल “छन्दे”, कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक खरेलकै लेखन रहेको चलचित्रमा राजेश कुमारको सम्पादन, जीवन पराजुलीको छायांकन र नरेश खरेलको श्रृंगार रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
