Mahajatra

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

२०७७ भाद्र २३
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेटो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो । २०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ बर्षको अल्पआयु मै निधन भएको हो । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।

दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र सम्बाद लेखेर उनी यस क्षेत्रमा भित्रिएका थिए । तत् पश्चात उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् ।

गुरुङले सन् २०१६ को चलचित्र क्लासिक, सन् २०१७ को चलचित्र डायरी र सन् २०१९ को चलचित्र ए मेरो हजुर ३ को समेत लेखन कार्य गरेका थिए ।

यस्तै सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गुरुङले गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए ।

गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए ।

यस्तै निर्देशकका रुपमा पनि गुरुङ पहिलो चलचित्रबाट नै अब्बल साबित थिए । उनले निर्देशन गरेको पहिलो चलचित्रबाट २०७६ सालको कामना फिल्म अवार्डमा उत्कृष्ट नवनिर्देशक र २०७६ सालको डि सिने अवार्डमा जुरी अवार्ड हात पार्न सफल भएका थिए ।

स्वर्गिय गुरुङको दिवंगत आत्मको चिर शान्तिको कामना ।



Know more about Chhetan Gurung's Filmography


FILMOGRAPHY (7)


Movie Credit Release Date
Prem Geet 3 Director, Story, Screenplay, Dialogue Releasing Soon
A Mero Hajur 3 Screenplay, Dialogue Apr 12, 2019
Damaruko Dandibiyo Director, Story May 04, 2018
Diarry Story, Screenplay, Dialogue May 19, 2017
Classic Story, Screenplay, Dialogue Feb 12, 2016
Aavash Lyricist, Music Director Jan 09, 2015
November Rain Story, Screenplay, Dialogue Apr 25, 2014

 

AWARDS


Ceremony Category Movie Result
Dcine Award 2076 Best Debut Director Damaruko Dandibiyo Nominated
Dcine Award 2076 Juri Award Damaruko Dandibiyo Awarded
Kamana Film Award 2076 Best Debut Director Damaruko Dandibiyo Awarded
NFDC National Film Award 2071 "Chetan" Best Writer November Rain Awarded

 


For more News about Chhetan Gurung


Do Watch Chhetan Gurung's Featured Movie