‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक
चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
कमेडी शैलीको ट्रेलरले चलचित्रको कथा राजनीतिक विषयका वरिपरि केन्द्रित भएको छनक दिएको छ । दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, सुपुष्पा भट्ट, प्रकाश अधिकारी, अनुराग कुँवर, विष्णु सापकोटालगायतका कलाकारको अभिनय रहेको छ ।
रोहित अधिकारीले निर्माण रहेको चलचित्र दीपक-दीपाको प्रस्तुति हो । दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा निर्देशक लामाकै कथा, दीपकराज गिरीको पटकथा, अभिमन्यु निरबी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालको संवाद रहेको छ ।
जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सहनिर्माता हुन् । चलचित्रमा राजेन्द्र थापाको शब्द, बसन्त थापाको संगीत, बसन्त र मिना निरौलाको स्वर र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
