‘गोजीमा दाम छैन’लाई डेढ करोड भ्यूज, संगीतकारलाई ५० हजार पुरस्कार
चलचित्र ‘चङ्गा चेट’मा रहेको ‘गोजीमा दाम छैन’ बोलको गीतले युटुवमा एक करोड पचास लाख दर्शक पाएसँगै संगीतकार राजनराज शिवाकोटीले ५० हजार पुरस्कार पाएका छन् । गीतले पाएको सफलता साट्न राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमका बिच निर्माण पक्षले संगीतकारलाई उक्त रकम उपहार स्वरुप हस्तान्तरण गरेको हो ।
लोक शैलीको यो गीतले छोटो समयमै धेरै दर्शक पाएको खुसीयालीमा चलचित्रको टिमले केक काटेर सबै माझ खुसी समेत साटेको छ । उक्त अवसरमा निर्माताद्वय शर्मिला पाण्डे र माधव वाग्लेले संगीतकार शिवाकोटीलाई ५० हजारको चेक हस्तान्तरण गरे । प्राप्त पचास हजारबाट गीतकार हरिहर तिमल्सिनालाई पाँच प्रतिशत दिने संगीतकार शिवाकोटीले बताएका छन् ।
गीतमा संगीतकार शिवाकोटीसँगै गायिका मेलिना राई र बाल गायक ग्रिष्मा शिवाकोटीको स्वर रहेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, सन्दिप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, रविन्द्र झा र सुरक्षा पन्त, माओत्से गरुङ, शिशिर वाङ्गदेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रदिप भारद्धाजको लेखन रहेको चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन । चलचित्रमा पैसाको पछि लाग्ने युवापुस्ताको कथा समावेश गरिएको उनले जनाएका छन् । खनालका अनुसार यो कमेडी जनराको रमाइलो चलचित्र हो ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung