‘चमेलीको पोइ’को पोष्टर सार्वजनिक, चैत्र १३ मा प्रदर्शन हुने

२०८२ श्रावन १
‘चमेलीको पोइ’को पोष्टर सार्वजनिक, चैत्र १३ मा प्रदर्शन हुने

चलचित्र ‘चमेलीको पोइ’को पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चैत्र १३ रामनवमीलाई प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरेको हो ।

बुधबार एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रका ३ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा प्रायः सवै मुख्य कलाकारलाई स्थान दिइएको देखिन्छ ।

चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी विल्सनविक्रम राई (तक्मे बुढो), रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बविन राई (गल्फने), खड्गबहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय छ ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहनिर्माणमा धनलक्ष्मी सिने मेकर्सको निर्माण रहको चलचित्रका निर्मातामा सुनिता सापकोटा र रामनारायण उपाध्याय हुन् भने कार्यकारी निर्मातामा उदयविक्रम राणा र रितु मल्ल ठकुरी रहेका छन् ।

प्रदीपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर सहनिर्माता रहेको चलचित्रमा निर्देशक बोहरा र शिबम अधिकारीको लेखन रहेको छ ।