मातृभाषी चलचित्रको प्रवर्द्धनमा बोर्डले छुट्टायो ३४ लाख ५० हजार बजेट, बिभिन्न संस्थासँग सम्झौता
चलचित्र विकास बोर्ड अन्र्तगतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिले बिभिन्न मातृभाषी चलचित्रकर्मी संघलाई आर्थिक सहायताको सम्झौता गरेको छ ।
बोर्डले स्वीकृत गरेको ३४ लाख ५० हजार रुपैयाँ बाट मातृभाषी चलचित्रको प्रर्वद्धनका लागि बिभिन्न १५ संघसंस्थाहरुसँग सहकार्यको सम्झौता गरिएको हो । नेपाली चलचित्र उद्योगलाई अझ समावेशी बनाउने उद्देश्यले यस्तो सम्झौता गरिएको प्रवर्द्धन समितिका संयोजक सुनिल मानन्धरले जानकारी दिएका छन् ।
सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसी, बोर्डका पदाधिकारीहरू, समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधिहरू, र विभिन्न मातृभाषी चलचित्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
समितिले आदिवासी जनजाति चलचित्र महासंघ, थारू चलचित्र तथा सांस्कृतिक संघ, तामाङ चलचित्र संघ, मगर चलचित्रकर्मी संघ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ , धिमाल चलचित्रकर्मी संघ, माझी चलचित्रकर्मी संघ, गुरुङ फिल्म एशोसिएसन नेपाल , भुजेल चलचित्रकर्मी संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ्ग मुन्चईत चोक सयङ, थामी चलचित्र संघ, नेवास् फिल्म सोसाइटी, शेर्पा चलचित्र संघ नेपाललाई प्रवर्द्धनको जिम्मेवारी सहित बिभिन्न शीर्षकमा सहकार्यको सम्झौता गरेको हो ।
यस सम्झौताले मातृभाषा चलचित्रकर्मीहरूलाई हौसला प्रदान गरेको सम्झौतापछि मातृभाषी चलचित्रकर्मीहरूले बताएका छन् ।आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मी महासंघका पूर्व अध्यक्ष अमृत बहादुर सुनुवारले चलचित्र विकास बोर्डले मातृभाषी चलचित्रको प्रवर्द्धनमा चालेको कदमप्रति खुशी व्यक्त गरेका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार यो कार्यक्रमले नेपाली चलचित्र उद्योगमा विविधताको प्रवर्द्धन गर्नेछ। संयोजक सुनील मानन्धरले मातृभाषी चलचित्रलाई अझ बलियो बनाउन आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । यस पहलले आदिवासी, जनजाति भाषाका चलचित्रलाई मुख्यधारामा ल्याउने अपेक्षा गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
