‘वर एण्ड बधु’को गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक
चलचित्र ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । गीतमा बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी प्रस्तुत गरिएको छ । गीतमा राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत र मुक्ता उदासको शब्द छ ।
सार्वजनिक गीतमा कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा जानुका थापाको लगानी छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अमृत रिजाल हुन् । चलचित्रमा प्रदिप भारद्धाजको कथा, सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी र हिमाल केसीको एक्सन छ ।
चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र भदौको १४ गतेबाट रिलिज हुँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
