‘कालो वर्ष’को टिजर सार्वजनिक
चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको अभिनय रहेको छ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिमा आधारित रहेर चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई लक्षु गौतमले निर्देशन गरेकी हुन् । कार्यक्रममा बोल्दै गौतमले भूकम्प जाँदा के कस्ता घटना भए त्यो चलचित्रमा नदेखाएको तर, भूकम्पले निम्त्याएका पिडामाथी चलचित्र बनाएको बताएकी छिन ।
योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले संयूक्त रुपमा निर्माण गरेको चलचित्रमा रामेश्वर हुमागाइँको छायाँकन, सुवास देवकोटाको सम्पादन र ओकेश पनेरुको लेखन रहेको छ । बैशाख १३ गतेबाट प्रदर्शन हुने चलचित्रलाई करण क्रेजीले वितरण गर्नेछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
