माओत्सेको ‘पेन्सनपट्टा’मा विश्वास र माया
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा गुरुङ चलचित्रका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् ।
गुरुङ चलचित्रका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ चलचित्रबाट पहिलो पटक नेपाली चलचित्रमा डेव्यु गर्न उत्साहीत रहेको बताउँछन् ।
त्यसमाथी गुरुङ चलचित्रका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’बाट मेन स्ट्रिममा डेव्यु गर्न पाउँदा झनै उत्साहीत बनाएको उनीहरु बताउँछन् ।
कार्तिकबाट फ्लोरमा निस्कने चलचित्रको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि चलचित्रले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले बताँछन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । चलचित्रको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापतिले खिच्ने चलचित्रको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
