शाहलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड, सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार
राजधानीमा सम्पन्न नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को अवसरमा नीर शाहलाई दिर्घ साधना सम्मान र पत्रकार बिष्णु प्रसाद सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
२०४१ सालमा नेपालकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनको स्थापनाका लागि शाहले महत्वपूर्ण भूमिका निभाएका थिए । शाहकै नेतृत्वमा नेपाली टेलिभिजनले फड्को मारेको थियो । सोही योगदानको कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपले जनाएको छ ।

यस्तै ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत पत्रकार सुबेदी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । नेपालमा मनोरञ्जन बिधाको टेलिभिजनलाई गुणस्तरिय बनाउन सुबेदीले अहम् भुमिका खेलेका छन् । हाल टिभी फिल्मीमा स्टेशन म्यानेजर समेत रहेका सुबेदी स्याटेलाइट टेलिभिजनका म्यानेजरहरु मध्ये कान्छो उमेरका लिडर पनि हुन् । पत्रकारिताको माध्यमबाट समग्र टेलिभिजनको बिकासका लागि सुबेदीले खेलेको अहम् भुमिकाको उच्च मुल्याङ्कन गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका बिभिन्न बिधामा टेलि चलचित्रहरुलाई उत्कृष्ठताको अवार्ड समेत प्रदान गरिएको थियो ।
संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्वअध्यक्ष राजकुमार राई, पुर्वअध्यक्ष कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ कलाकारहरु सन्तोष पन्त, मोहन निरौला, उत्तम केसी, रमेश बुढाथोकी, लय संग्रौला, सरिता लामिछानेलगायत दर्जनौं कलाकार्मीको उपस्थिति रहेको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
