‘विर विक्रम २’ को दोस्रो गीत सार्वजनिक
चलचित्र ‘विर विक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्रमा समावेश ‘बाचा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत, संचारकर्मी नरेश भट्टराईको शब्द तथा संगीतकार लिम्बु र दीपा लामाको स्वर रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।
आगामी जेष्ठ ३ गतेबाट प्रदर्शन हुने चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने रञ्जीता शिवाकोटी सहनिर्माताको रुपमा रहेकी छन् । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन र बनिष शाहको सम्पादन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
