विपिनले शुरु गरे ‘तेल भिसा’को डविङ

अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा चलचित्रको सकिने डविङ अभिनेता कार्कीले बताए ।
निर्देशक शंकर घिमिरेले चलचित्रको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । यसका साथै ‘तेल भिसा’ नामलाई व्यंग्यात्मक रुपमा उच्चारण गरिने हुँदा त्यसरी नै प्रस्तुत गरिएको हो ? भन्ने प्रश्नमा निर्देशक घिमिरेले चलचित्रले विदेशमा बस्ने हरेक नेपालीको इमोसन जोडिएकाले त्यो कुरालाई सुक्ष्म रुपमा अध्यन गरेर प्रस्तुत गरेको उल्लेख गरे ।
अभिनेता कार्कीले पनि चलचित्र डविङ गरिरहँदा निकै मज्जा आइरहेको बताए । चलचित्रको कथा नै उत्कृष्ट रहेकाले पनि दर्शकले एउटा राम्रो चलचित्र हर्न पाउने दाबी गरे ।
यसअघि आफुले विदेशमा छायांकन गरिने चलचित्र लुकेर खिचिने सुनेको भएपनि ‘तेल भिसा’ पूर्ण रुपमा अमेरिकन सरकारसंग अनुमति लिएर सुटिङ गरिएकाले नेपालमा छायांकन गर्दाको भन्दा फरक अनुभव गर्नु नपरेको विपिनले बताए । यसका साथै करिब २० वर्षपछि नेपाली चलचित्रमा कमव्याक गर्न लागेकी अभिनेत्री पुजा चन्दसँग काम गर्न पाएकोमा खुशी देखिए ।
निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । चलचित्रमा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।
Latest Updates
-
-
-
यस्तो छ ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को कलेक्सन
-
-
‘मैझारो’को ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको नृत्य
-
New Releases (Ashwin 13)
-
Maitighar
Director : Milan Tamang
Casts : Dhiraj Magar, Upasana Singh Thakuri, Kedar Ghimire, Prakash Saput, Yubaraj Lama -
Hari Bahadur Ko Jutta
Director : Dipendra K. Khanal
Casts : Hari Bansha Acharya, Swastima Khadka, Prakash Saput, Priyanka Karki, Divya Dev
Next Releases (Ashwin 31)
-
Jerry On Top
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Aanchal Sharma, Kedar Ghimire, Usha Khadgi