बलिउड चलचित्र ‘एनिमल’मा विपिन कार्की

लेन्सनेपाल २०७८ पौष २८
बलिउड चलचित्र ‘एनिमल’मा विपिन कार्की

अभिनेता विपिन कार्कीले बलिउड चलचित्र ‘एनिमल’मा काम गर्ने भएका छन् । सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो चलचित्रमा बिपिनले रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाका साथ काम गर्ने छन् ।

चलचित्रमा विपिनका अधिकांश दृष्यहरु अनिलसँग रहेको जनाइएको छ । विपिनलाई उनको चलचित्र ‘सेल्फी किङ्ग’को अभिनय हेरेर अफर गरिएको बताईएको छ । जसको चाजोपाजो ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले मिलाएका हुन् ।