‘नाई न भन्नु ल’ भन्दा फरक छ ‘हजार जुनीसम्म’ – निर्देशक आचार्य

विकास राज आचार्यको पहिचान ‘नाई न भन्नु ल’ सिरिजका निर्देशकका रुपमा स्थापित भएको छ । उनी सेन्टिमेन्टल भावको चलचित्र बनाएर दर्शकलाई रुवाउने निर्देशक समेत माहिर मानिन्छन् । त्यसैले होला चलचित्र हेरेर निस्केका अक्सर महिलाहरुका आँखा रसाएकै हुन्थे । तर यसपटक भने विकासले चलचित्र ‘हजार जुनीसम्म’मा कथ्य शैली नै परिवर्तन गरेको बताउँछन् ।
त्यसो त विकासलाई लिएर अब ‘नाई न भन्नु ल’ सिरिज बाहिर काम गर्दैनन् गरे पनि अरुको व्यानरमा काम गर्दैनन् भन्ने चर्चा हुन्थ्यो । यद्यपी विकास भने राम्रो व्यानरको अफर गुमाउने पक्षमा थिएनन् । यसपटक टिम पनि मिल्यो, विकासको सोच अनुरुप काम गर्न निर्माताहरु तयार भए । त्यसैले जोडिए ‘हजार जुनीसम्म’मा ।
चलचित्रमा ‘नाई न भन्नु ल’ सिरिजमा देखिने अधिकांश कलाकार दोहोरिए । यसलाई विकास चलचित्रको कथाको डिमाण्ड अनुसार नै कलाकारलाई चयन गरेको बताउँछन् । यद्यपी नाई नभन्नु ल सिरिज केहि सेन्टिमेन्टल भए पनि यो चलचित्र रमाइलो फ्यामिली ड्रामा बनाएको जनाउँछन् । चलचित्र पारिवारिक ड्रामा नै भए पनि प्रस्तुतीकरण र कथ्य शैली भने फरक भएको उनको कथन छ ।
साउन ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।
एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र साउन ३० गतेबाट प्रदर्शन हुँदैछ ।
विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रकी कार्यकारी निर्माता कविता रेग्मी हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal