‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभमुहूर्त
चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको परिषरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो । शुभमुहूर्त समारोहमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको अभिनय रहने छ ।
आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने चलचित्र टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
