भद्रगोलको ‘पाँडे’ पात्र प्रति पाण्डे समाजको आपत्ति, ‘पाँडे’को अभिनय गर्ने अर्जुन भन्छन् क्यारेक्टर परिवर्तन हुँदैन
नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका प्रमुख पात्र मध्येका एक पाँडेलाई लिएर पाण्डे समाजले आपत्ति जनाएको छ ।
समाजले भद्रगोल उत्पादक मिडिया हवलाई पत्र लेखि आफ्नो आपत्ति रहेको जनाएको हो । फटाहा र भडुवा पात्रका रुपमा पाँडेलाई चित्रण गरिएको भन्दै त्यसले सम्पूर्ण पाण्डेहरुको मनमा चोट पुर्याएको उल्लेख गरिएको छ । पाण्डे थर भएकाहरुको संगठन ‘नेपाल पाण्डे समाजको पत्रमा लेखिएको छ – ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँन चाहन्छौं ।

पाण्डे समाजका महासचिव सागर पाण्डेद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।
के भन्छन् ‘पाँडे’को भुमिका निभाउने अर्जुन घिमिरे
भद्रगोलका लेखक तथा निर्देशक मध्येका एक अर्जुन घिमिरेले कसैले आपत्ति जनाउँदैमा ‘भद्रगोल’को चर्चित पात्र ‘पाँडे’को क्यारेक्टर परिवर्तन नहुने जनाएका छन् । ‘पाण्डे समाज नेपाल’ले उक्त पात्र प्रति आपत्ति जनाउँदै उत्पादक मिडिया हवलाई पत्र लेखेपछि घिमिरेले यस्तो प्रतिक्रिया दिएका हुन ।
लेन्सनेपालसँग कुरा गर्दै पाँडेकै पात्रमा अभिनय गर्दै आएका निर्देशक घिमिरेले कसैको सम्मानमा चोट पुर्याउन नभई समाजमा यस्ता खालको मान्छेहरु पनि हुन्छन् भन्ने देखाउन पाँडे पात्र खडा गरिएको जनाए । जुन पात्र अरुले गरेको देखि नसक्ने, भडुवा, यता नि नमिल्ने उता नि नमिल्ने, अरुलाई मिल्न नि नदिने, फटाहा प्रवृत्तिको छ ।

नेपालमा विभिन्न जाति, विभिन्न धर्म, सस्कृतिका मान्छे रहेको र एउटा न एउटा थर नराखि पात्र नबन्ने भएकोले पाँडे राखिएको उनको भनाई छ । त्यसो त शुरुमा उक्त क्यारेक्टरको नाम भण्डारी बा राखी ‘भडारी’ भनि बोलाउने सोच नआएको पनि होइन तर, हाम्रै समाजमा कँहि कतै ‘कस्तो आलुपाँडे मान्छे’ भन्ने उखान सुनेकोले पनि त्यसको थर पाँडे राखिएको थियो । उनले यसो भनिरहदा फेरी पनि आफुले कसैलाई चोट पुर्याउन नभएर समाजमा भएका यस्ता पात्रमाथी व्यङय गर्न मात्र खोजेको दोहोर्याए ।
झण्डै ८ वर्ष पहिला ‘सिस्नुपानी झ्याम्म’ भन्ने सिरियलमा पाँडे क्यारेक्टर थियो । नेपाल टेलिभिजनबाट प्रशारित भएको उक्त सिरियल १८ भाग पछि बन्द भयो । त्यसको केही समयपछि भद्रगोल निर्माण हुने भयो । अनि यो सिरियलमा पनि त्यो क्यारेक्टर राखियो । ७ वर्ष देखि उक्त शो निरन्तर चलिरहेको छ । क्यारेक्टर पनि निरन्तर छ । निर्देशक घिमिरे प्रश्न गर्छन – ‘अहिले आएर किन आपत्ति जनाइयो त । आपत्ति जनाउनै पर्ने भए त्यही बेला जनाउन सकिन्थयो होला । कि उहाँहरुले अहिले सम्म हाम्रो सिरियल हेर्नुभएकै छैन ।’
त्यसो त मह जोडीको ‘मदनबहादुर हरिबहादुर’मा पनि फटाहा अनि भडुवा क्यारेक्टका रुपमा ‘हरिवहादुर’को क्यारेक्टर खडा गरिएको छ । ‘मेरी बास्सै’मा सिताराम कट्टेल धुर्मुस्ले ‘मुस्कान पासा’, ‘खड्काजी’ जस्ता क्यारेक्टर गरेका थिए । यि क्याक्टरको उदाहरण दिदै निर्देशक घिमिरे भन्छन् देशभरका हरिबहादुरहरु, बहादुर थर भएका मान्छेहरु, खड्का थरका व्यक्तिहरु वा नेवार थर वा समुदायका कसैले पनि आपत्ति जनाउनु भएन । बिज्ञप्ती निकाल्नु भएन । त्यसैले मेरो आग्रह छ कलाकारितालाई सोही रुपमा बुझीदिनु होला ।
हुन त भद्रगोलको क्यारेक्टर पाँडे हो तर, आपत्ति भने पाण्डे समाजले जनाएको छ । उनले आफुहरुले यसलाई अतिरञ्जित गरेर कसैलाई दुःख दिन नखोजेको भन्दै सम्पूर्ण थर, व्यत्तिः र समाजका प्रति आफुहरुको सम्मान रहेको समेत बताए । निर्देशक घिमिरेले कसैको नाम, थर मिल्दैमा आपत्ति जनाउनु नपर्ने समेत जिकिर गरे ।
उनले कमेडी गर्दा कहिले काल्पनिक, कहिले समसामायिक र कहिले चाँही नसोचेका विषय पनि उठानु पर्ने भन्दै त्यसलाई व्यङ्ग्यकै रुपमा बुझ्नु पर्ने बताएका छन् । भद्रगोलको शुरुवातमा लेखक र मुख्य सहायक निर्देशक भइ काम गरेका घिमिरेले केही वर्षयता निर्देशकको जिम्मेबारी समेत सम्हालेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
