‘बेहुली फ्रम मेघौली’को अग्रीम टिकट बुकिङ खुल्ला
चलचित्र ‘बेहुली फ्रम मेघौली’को अग्रीम टिकट बुकिङ खुलेको छ । बिहीबार अर्थात घटस्थापनाबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको अग्रीम बुकिङ सोमबार साँझबाट खुलेको हो ।
देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई ७३ शो दिएको छ । जसमा काठमाडौं उपत्यकामा ३२ शो र उपत्यकाबाहिरका ९ वटा हलमा ४१ शो रहेको छ । क्यूएफएक्समा अझै केही शो थपिन सक्ने अनुमान गरिएको छ । यस्तै अर्को मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले काठमाडौंका दुई हल र बुटवलमा गरेर १४ शो दिएको छ । त्यस्तै, वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो, बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन् । केही हलमा शो खुल्न बाँकी नै छ ।
साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेत शीर्ष भूमिकामा छन् भने बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
