विवाहित महिलाहरुलाई ‘बेहुली फ्रम मेघौली’को अफर
चलचित्र ‘बेहुली फ्रम मेघौली’ले विवाहित महिलाहरूले आफू बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्न सक्ने अफर ल्याएको छ ।
चलचित्रकी नायिका तथा निर्मात्री स्वस्तिमा खड्काका अनुसार उत्कृष्ट कथा लेख्ने व्यक्तिलाई चलचित्रको ग्राण्ड प्रिमियरमा निमन्त्रणा गरिनेछ, साथै दुई वटा टिकट पनि प्रदान गरिनेछ । कथामा सहभागी हुन चाहनेहरूले ३०० शब्दभित्र आफ्नो बेहुली हुँदाको अनुभव लेखी info@hattihatti.org.np वा priyaofficial1234@gmail.com मा असोज १० गतेदेखि पठाउन सक्नेछन् ।
चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्कासँगै वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीको अभिनय रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा कार्यकारी निर्मातामा फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
