‘२ नम्बरी’को नयाँ लाइनअप वर्षाको ठाँउमा उपसना !
चलचित्र ‘२ नम्बरी’मा नायक पछि नायिका परिवर्तन गरिएको छ । निर्माण टिमले औपचारिक जानकारी नदिएपनि नायिका वर्षा राउतको स्थानमा उपसना सिंह ठकुरी भित्रिएकी छिन । केही दिनअघि नायक पल शाहको स्थानमा अर्का नायक सौगात मल्ललाई भित्राएको निर्माण टिमले यतिबेला नायिका परिवर्तन गरेको हो ।
चलचित्रको पुनः छायाँकन चैत्र १५ बाट शुरु गर्ने निर्माण टिमको लक्ष्य छ । उक्त समयमा नायिका वर्षा राउतको समय नमिल्ने भएको छ । वर्षाले सोही डेट एक वेव सिरिजका लागि दिएकी छिन । जसका कारण यो चलचित्रका लागि दिन नसक्ने भएकी हुन । वर्षाले समय दिन नसक्ने भएपछि निर्माण टिम अर्की नायिकाको खोजिमा जुटेको हो । औपचारिक रुपमा निर्माण टिमले कुनै जानकारी नदिए पनि वर्षाको स्थानमा उपसना सिंह ठकुरीसँग मौखिक सम्झौता गरिएको बुझिएको छ । यद्यपी हाल उपसानाको परिक्षा चलिरहेकोले काजगी सम्झौता हुन् भने बाँकी छ । उपसाना भने चलचित्रमा काम गर्न तयार रहेको निर्माण सम्वद्ध स्रोतले जनाएको छ ।
किरण नेपालीको प्रस्तुति रहने चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्नेछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
