‘कल्ली’मा नाजिर र वर्षाको प्रवेश
लक्ष्मण सुनारको निर्देशनमा निर्माण हुने सिनेमा ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बनेको छ । सिनेमामा एकपछि अर्को परिचित कलाकारहरु अनुबन्धित भैरहेका छन् । यसैबीच सिनेमामा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । उनीहरुसँग केही दिन पहिले नै लिखित सम्झौता भएको थियो ।
पौषको अन्तिमबाट छायांकनमा जान लागेको सिनेमामा यी दुबै कलाकारहरुको भूमिका के हो भन्ने बिषयमा केही पनि खुलाइएको छैन् । सिनेमामा नाजिर र वर्षासँगै सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी नेपाल र बेनिशा हमाल, उत्तम प्रधान, माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई लगायतका कलाकारको अभिनय रहनेछ ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको सिनेमामा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने छ । किरण नेपालीको लगानीमा निर्माण हुन लागेको सिनेमामा निर्देशक लक्ष्मण सुनारको कथा र महेश दवाडीको पटकथा तथा संवाद लेखन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
