‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयको टसल
चलचित्र ‘वरिष्ठ बलराम’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर सहित टिजर सार्वजनिक गरेको हो ।
सुरेन्द्र पौडेल निर्देशित चलचित्रको टिजरमा दयाहाङ राई र विजय बरालको टसललाई प्रस्तुत गरिएको छ । कात्तिक ६ गते भाइटीकामा रिलिज हुने चलचित्रमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको पनि अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा बनेको चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । यस्तै कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
