चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

२०८१ श्रावन ३२
चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

भदौको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ । चलचित्र ‘वर एण्ड वधु’को ट्रेलरमा विशेषगरि, आँचल र विवेकबिचको रोमान्स, लभ, धोका देखाइएको छ ।

एलआरके प्रोडक्सनको प्रस्तुतिमा रहेको चलचित्रमा जानुका थापाको लगानी रहेको छ । चलचित्रका कार्यकारी निर्माता अमित रिजाल हुन् । सुदिप बरालको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।

नेपाल र रोमानियामा छायाँकन गरिएको चलचित्रले दर्शकको मन जित्ने निर्देशक चाम्सको विश्वास छ ।