चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक
आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ मिनेट १० सेकेण्ड लामो ट्रेलरमा प्रेम र द्धन्द्वलाई स्थान दिइएको छ ।
अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वानर सेना’को कथा पौराणीक रहेकाले पनि दशैंको आसपासमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा निर्देशक गिरी, आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।
चलचित्रमा विनोद सापकोटाको छायांकन, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत र बन्दे प्रसादको सम्पाद रहेको छ ।
चलचित्रको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देृशक गिरीले नै लेखेका हुन् । चलचित्रमा युवराज गिरीको लगानी रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
