‘वानर सेना’को गीत ‘तिम्रो मनमा’ सार्वजनिक
अर्पण गिरी (अरमान जंग)को निर्देशन तथा अभिनय रहेको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो मनमा’ बोलको गीतमा कलाकार गिरी र आरजु प्रसाई फिचर्ड छन् । गीतमा निर्देशक गिरीको शब्द तथा स्वर र जोन तामाङको संगीत रहेको छ ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको चलचित्रमा गिरी र प्रसाईका साथै किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।
पौराणीक कथाको चलचित्र रहेकाले दशैंको अवसरमा असोज २६ गतेबाट चलचित्र प्रदर्शन हुने जनाइएको छ । चलचित्रमा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन र बन्दे प्रसादको सम्पाद रहेको छ ।
सर्लाही र सप्तकोशी किनारमा छायाँकन गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देृशक गिरीले नै लेखेका हुन् । चलचित्रमा युवराज गिरीको लगानी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
