असोज १९ मा प्रदर्शन हुने भयो ‘वानर सेना’

चलचित्र ‘वानर सेना’को प्रदर्शन एक साता अघि सारिएको छ । यस अघि असोज २६ गतेबाट प्रदर्शन हुने तयारी गरेको चलचित्र अब को तयारीमा रहेको चलचित्र अब असोज १९ गतेबाट प्रदर्शन हुनेछ ।
असोज २६ गते चलचित्र ‘परदेशी २’ प्रदर्शन हुने भएपछि दुवै चलचित्रका निर्माता र वितरकहरुको छलफलका आधारमा ‘वानर सेना’ एक साता अघि सरेको हो । परदेशी दई असोज २६ मा प्रदर्शन हुने भएपछि आफुलाई अन्याय भएको भनि ‘वानर सेना’का निर्माताले निर्माता संघमा उजुरी दिएका थिए । जसका कारण निर्माता संघको न्यायिक समितिले दुवै चलचित्रका निर्माता बिच छलफल गरी सहमतिमा प्रदर्शन मिति टुङ्गाएको हो ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको ‘वानर सेना’लाई अर्पण गिरी (अरमान जंग)ले निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक गिरीसँगै आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् । चलचित्रका निर्माता युवराज गिरी हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal