बालेनल शाहले गाए चलचित्र ‘लाज शरणम्’का लागि गीत
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपनि गायनमा सक्रिय नदेखिएका बालेन शाह पाश्र्वगायन गरेका छन् । बालेनले चलचित्र ‘लाज शरणम्’का लागि आफ्नै शब्द र संगीतमा हिप–हप गीत गाउका हुन् । यो उनको पहिलो पाश्र्वगायन हो ।
निर्माता कम्पनी जेपीटी क्रियसनले जनाएअनुसार बालेनले केही समयअघि नै गीत रेकर्ड गरेका हुन् । जेपीटी क्रियसनका प्रमुख अर्जुन घिमिरे देशका लागि चलचित्र बनाएको र यसले नेपाली जनजीवन र संस्कृति झल्काउने मन छुने कथामा चलचित्र बनाएको भनेपछि बालेनले खुसी हुँदै गीत रेकर्ड गरेका हुन् ।
बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत रहेको र तीमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’का लागि रेकर्ड गरिएको बताइएको छ । गीतलाई चलचित्र रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । ‘लाज शरणम्’ आगामी १४ फागुनमा प्रदर्शन हुनेछ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
