निर्देशनमा डेब्यु गर्दै बल्छी धुर्बे
‘बल्छी धुर्बे’ नामले सानोपर्दामा चर्चित कलाकार मरिचमान श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । श्रेष्ठकै निर्माण रहने चलचित्र ‘गोबर गणेश’लाई उनी आफैले निर्देशन गर्ने भएका हुन् ।
बल्छीधुर्बे फिल्मस् प्रालिको ब्यानरमा बन्ने चलचित्रका लागि केही दिन अगाडि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको छ । जसमा सीतादेवी तिमल्सिना र पूजन घिमिरे कलाकारका रुपमा रहने उल्लेख छ । यद्यपी चलचित्रमा वर्षा सिवाकोटी, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङलगायतको अभिनय रहने जनाइएको छ ।
२ करोडको लागतमा निर्माण हुने भनिएको चलचित्रलाई माघ १ गते रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्र कमेडी जनरामा निर्माण हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
