‘बहुरुपिया’को फष्ट लुक सार्वजनिक
चलचित्र ‘बहुरुपिया’को फष्ट लुक सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘पर्फेक्ट गड्’ राखिएको चलचित्रको तस्विरहरु सामाजिक सञ्जाल मार्फत गरिएका हुन् ।
बौद्धधर्म गुरु तथा निर्देशक जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु)को निर्देशन रहेको चलचित्रको महिनौं लामो छायांकन गतसाता सकिएको छ । सार्वजनिक तस्विरमा कमलमणी नेपाललाई ‘क्यारेक्टर लुक्स’मा देख्न सकिन्छ । उनले हाँकिरहेको मोटरसाइकल पछाडि निर्देशक नोर्बु चढेका छन् । अर्को फोटोमा नोर्बु रविन्द्रसिंह बानियाँ र कमलसँग निर्देशक देखिएका छन् ।
‘अरेस्टिङ गड इन काठमाडौँ’ नामक पुस्तकको कथा ‘द लिम्पिङ ब्राइड’मा यो चलचित्र आधारित छ । चलचित्रले मध्यम उमेरका बहुरुपिया राम नामक पात्रको कथा भन्ने जनाइएको छ । उत्तः पुस्तकलाई सम्राट उपाध्यायले लेखेका हुन् ।
चलचित्रलाई सोफी पक्र्स, षट्कोण आट्र्सका म्याक्स दिपेश खत्री र तारी रत्न प्रधानले निर्माण गरेका हुन् । भ्यासिली एन्ड्रीभ कार्यकारी निर्माता रहेको चलचित्र षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
