जापान, नेपाल चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड हुने
मनोरञ्जन क्षेत्रका बिबिध बिधालाई समेटेर जापान, नेपाल चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३ हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडले सो जानकारी गराएको छ ।
नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अन्तरगत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बिभिन्न भाषाका म्यूजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
चलचित्र तथा म्यूजिक भिडियो तर्फ अभिनेता, अभिनेत्री, निर्देशक, गायक र गायिका, छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै बहुभाषिक म्यूजिक भिडियो तर्फ अभिनेता, अभिनेत्री, गीत, संगीत, गायक र गायिका, संगीतकार, एरेञ्जर, सम्पादन, कोरियोग्राफि, पोष्ट पोडक्टशन, मेकअप, हेयर तथा विधागत अवार्ड प्रदान गरिने पनि आयोजक पक्षले जनाएको छ ।
कार्यक्रममा आगामी वर्ष ३० बैशाखमा जापानमा अवार्ड आयोजना हुने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
