बाढीपीडित चलचित्रकर्मीलाई राहत

चलचित्रकर्मी कल्याणकारी कोषले बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोषले पीडित चलचित्रकर्मीलाई जनही ४५,००० रुपैयाँको दरले राहत प्रदान गरेको हो ।
कोषले नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञान बहादुर तामाङ र फणिन्द्र बहादुर विकलाई राहत प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुसालले राहत रकम प्रदान गरेका हुन् ।
चलचित्र विकास बोर्ड अन्र्तगतको कोषले विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर भएका चलचित्रकर्मीहरूलाईसहयोग गर्दै आएको थियो । कोषले यस पटकबाट प्राकृतिक प्रकोपबाट प्रभावित चलचित्रकर्मीहरूलाई पनि सहयोग गर्ने कार्यको थालनी गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले चलचित्रकर्मीहरूको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताएका छन् । उनले भने, ‘चलचित्रकर्मीहरूका समस्या समाधान गर्न चलचित्र विकास बोर्ड सधैं संवेदनशील छ । प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न पाउनु हाम्रो दायित्व पनि हो ।’
चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक भुसालले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भनिन् – ‘चलचित्र क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि कल्याणकारी कोषले आफ्नो जिम्मेवारी पूरा गर्दै जानेछ ।’
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung