२१ बिधामा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड’ हुने
‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ । आगामी बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
चलचित्रका २१ बिधामा अवार्ड प्रदान गरिने जनाइएको छ । अवार्डका लागि ०७६, ०७७ र ०७८ चैत्र मसान्त भित्र प्रदर्शन भएका चलचित्रले सहभागीता जनाउन सक्नेछन् ।
ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा अवार्ड हुनेछ । पछिल्लो समय अवार्डहरु बिबादित भइरहेको समयमा यो अवार्ड शतप्रतिशत निष्पक्ष हुने दावी आयोजकको छ । आयोजक संस्थाका प्रमुख साइमन राजबंशीले अवार्ड निष्पक्ष हुने भन्दै भनेका छन – ‘चलचित्र हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ, त्यही नै अन्तिम निर्णय हुनेछ । आयोजकको कुनै हस्तक्षेप रहने छैन ।’
कार्यक्रममा कलाकार सरोज खनाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज, नरेशवीर सिंहलगायतको उपस्थिति थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
