तर, म भित्रको सानो मान्छे कहिल्यै हराएन् – आर्यन सिग्देल
३७ चलचित्रमा अभिनय गरिसकेका आर्यन सिग्देल लभस्टोरी चलचित्रमा ज्यादा रुचाइएका कलाकार हुन् । आज पनि लभस्टारीमा फिट हुने कलाकारको नाम लिदा आर्यन कै नाम अग्रस्थानमा लिइन्छ । त्यसो त आर्यन पहिले देखि नै चुजी कलाकारका रुपमा परिचित छन् । तर, धेरै सेलेक्टेड हुँदा हुँदै पनि उनी बेला बेला चुकेका छन् । पछिल्लो समय आफैले निर्माण गरेको चलचित्र ‘कायरा’मा पनि उनी दर्शकको मन जित्नबाट चुके । यद्यपी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’बाट उनी आशाबादी देखिएका छन् ।
पहिले भन्दा ज्यादा कुल देखिएका आर्यनले यसपटक केही स्वीकारोक्ति सहित मिडिया प्रति भने भद्र असन्तुष्टि व्यक्त गरेका छन् । आर्यनसँग लेन्स नेपालका लागि विष्णु सुबेदीले गरेको कुराकानी :
बाहिरको चलचित्र भन्दा आफुले बनाएको चलचित्रलाई दर्शकले मन नपराउँदा मलाई असर गर्छ । मलाई त्यसले साइकोलोजिकल्ली इफेक्ट पनि गर्छ । किनकी मैले सबै कुरामा संलग्न भएर राम्रो चलचित्र बनाउन सक्छु भनेर बनाएको हो नी त । त्यसमा म चुक्नु भनेको मलाई विश्वास गर्ने सबै जना चुक्नु हो । त्यसले धेरै इफेक्ट गर्छ मलाई ।
यसपटक अलिक बढी नै ग्याप देखियो नी ?
ग्याप स्वभाविक हो । नढाटी भन्दा खेरी पहिला मैले एउटा कुरा के भनेको थिए भने – बाहिरको चलचित्र गर्दिन धेरै, अब आफ्नो व्यानरबाट मात्र गर्छु । बाहिरको चलचित्र सेलेक्टेड गर्छु भन्दा के बुझ्नु भयो भने बाहरिको चलचित्र नै गर्दिन । त्यसैले त्यति धेरै चलचित्रको अफर आएन । आएको पनि राम्रो थिएन । तर, कायराको प्रमोशनको बेला मैले एकदमै मिस गाइडेड भयो राम्रो चलचित्र आए गर्छु भनेको थिए । त्यसपछि राम्रो चलचित्रको अफर आयो । अहिले पनि मेरो चलचित्र ग्याप नभई व्याक टु व्याक त हुँदैन । पहिला पनि थिएन । तर, रेगुलर हुन्छ । यति धेरै ग्याप हुँदैन ।
यो मिडियाले गरेको मिस गाइड मात्र थियो त ? कि अरु पनि केही थियो ?
अरु केही थिएन । चलचित्रमा लागेको पहिलो दिन देखि अहिले सम्म मैले काम गर्ने शैलीमा परिवर्तन भएको छैन । अझै पनि अफर धेरै आयो भनेर म धेरै चलचित्रमा काम गर्दिन, शैली त्यही हुन्छ ।
होम प्रोडक्सन त सुस्तायो नी ?
अहिले पनि स्कृप्टमै बसीरहेको छु, म । स्कृप्ट राम्रो भेटिरहेको छैन । त्यो ग्याप धेरै भयो भनेर कायरा बनाउँदा म अलिक हतारिए । जसका कारण दर्शकहरु पनि रुष्ट हुनुभयो । त्यसैले अब म हतारिन्न । बरु केही वर्ष लागोस् राम्रो चलचित्र लिएर नै आउँछु ।
Know more about 'Aaryan Sigdel's Home Production House - Aaryan Sigdel Entertainment'
लभस्टोरी चलचित्र भन्दासाथ धेरैले देख्ने इमेज आर्यन सिग्देलकै हो । तर, आफैले बनाएको लभ स्टोरी चलचित्रमा दर्शकले त्यो कुरा फिल गर्न नसक्दा तपाईको मनमा के कुरा खेल्छ ?
मैले बाहिरको चलचित्रमा काम गर्दा दर्शक सन्तुष्ट हुनुभएन भने उहाँहरुले कम चित्त दुखाउनु हुन्छ । तर, म आफु सबै बिधामा संलग्न रहेर बनाएको चलचित्र राम्रो लागेन भने बढी नै चित्त दुखाउनु हुँदो रहेछ । त्यो स्वभाविक पनि हो । हामीले कायरामा उठाएको विषय वस्तुलाई दर्शकले रुचाउनु भएको हो तर, हामीले जुन शैलीमा प्रस्तुति गर्यौं त्यो बुझ्न दर्शकहरुलाई गाह्रो भयो । त्यसको शैली फरक अनि सहज भएको भए अब्बल हुन्थ्यो । र पनि बाहिरको चलचित्र भन्दा आफुले बनाएको चलचित्रलाई दर्शकले मन नपराउँदा मलाई असर गर्छ । मलाई त्यसले साइकोलोजिकल्ली इफेक्ट पनि गर्छ । किनकी मैले सबै कुरामा संलग्न भएर राम्रो चलचित्र बनाउन सक्छु भनेर बनाएको हो नी त । त्यसमा म चुक्नु भनेको मलाई विश्वास गर्ने सबै जना चुक्नु हो । त्यसले धेरै इफेक्ट गर्छ मलाई ।
व्यवसायिक रुपमा मलाई त्यस्ता न्यूजले असर गर्छ होला । तर, व्यक्तिगत रुपमा म त्यस्ता कुरामा ध्यान दिन्न । मेरो एउटा शैली छ । मैले पैसा कमाउनका लागि कहिल्यै चलचित्रमा काम गरिन । स्टार हुनलाई वा लाइफस्टाइल खतरा होस् भनेर चलचित्र कहिल्यै गरिन । म सँग भएको एउटै गुण चलचित्रमा काम गर्ने हो । म अरु केही गर्न सक्दिन, चलचित्र मात्र गर्न सक्छु । म त्यही कुरालाई निरन्तरता दिन्छु । त्यसैले त्यस्ता कुराले मलाई माथी लग्दा वा तल खसाल्दा पनि फरक पर्दैन । किनकी म आफ्नो बाटोमा हिडिरहेको छु । मेरो गन्तव्य कहाँ हो भन्ने पनि मलाई थाहा छैन । हाम्रोमा कलाकारको जीवन सुरक्षित छैन भन्ने पनि धेरैलाई थाहा छ । यहाँहरुको साथ रहन्जेल म जुन दिन सम्म हिड्न सक्छु हिडिरहन्छु ।
एउटा क्यारेक्टरलाई मात्र चुज गर्ने क्षमता र सिंगो चलचित्रलाई चुज गर्ने क्षमता माथी प्रश्न उठ्नु त धेरै फरक कुरा हो नी । यो प्रश्नका बिच तपाईले के सोच्नु भएको छ ?
चलचित्र मेकिङमा अझ धेरै सोच्नु पर्ने रहेछ भन्ने लागेको छ मलाई । मैले चुज गरेको चलचित्र त नराम्रो होइन । तर, मेकिङको शैली ठिक भएन भन्ने लागेको छ । हेर्ने दर्शकहरुले कायराको कथा पनि मन पराउनु भएको हो । अघि यहाँले भने जस्तै लभ स्टोरी चलचित्रमै मलाई देख्न चाहनुभएको प्रतिक्रिया पाउछु । लभ स्टोरी नै गर्न पर्छ भन्ने पनि हो । यद्यपी आगामी दिनमा मैले अझ सरल ढंगले चलचित्रको प्रस्तुति गर्न पर्छ । सबैले बुझ्ने तरिकाले कथा भन्नु पर्छ भन्ने लागेको छ ।
चलचित्र ‘हजार जुनीसम्म’मा पनि तपाईको भुमिका लभर व्यायकै देखिन्छ तर, गेटअप बृद्धको छ ? बुढेसकालको लभ त हैन होला ?
‘हजार जुनीसम्म’ लभस्टोरी भनेर मसला लभस्टोरी चलचित्र होइन । मेरो क्यारेक्टरले आफ्नो जीवनमा विताएको केही पल सम्झेर १४ वर्ष त्यही पिडामा विताएको जीवन हुन्छ । त्यो व्यक्ति १४ वर्ष अघिको सरल जीवनमा फर्कने यात्रा ‘हजार जुनीसम्म’ हो । यो एउटा सरल पारिवारिक लभस्टोरी चलचित्र हो ।
एकातिर तपाईको लामो ग्याप, अर्को तिर तपाईले राम्रो चलचित्रमा मात्र काम गर्छु अनि दर्शकलाई निराश बनाउँदिन भनेर गरेको बाचा यि कुराका बिच आउन लागेको ‘हजार जुनीसम्म’ ले अपेक्षा धेरै बढाउन सक्छ । त्यो आशालाई उत्साहमा परिणत गर्न सफल होला ?
यसको कन्सेप्ट नै राम्रो छ । जुन इमोसनमा चलचित्र बनेको छ, त्यसको प्रस्तुतिकरण एकदमै राम्रो बनेको छ । निकै मिठो अनि आँखालाई शित्तल दिने चलचित्र बनेको छ । मलाई जहिले पनि के लाग्छ भने आँखालाई शित्तल हुने, मनमा आनन्द आउने दिमाखमा भारी नहुने खालको चलचित्र बन्नुपर्छ । चलचित्रमा सन्देश नै हुनुपर्छ भन्ने लाग्दैन, चलचित्र हेर्दा मनोरञ्जन हनुपर्छ । आफैले बनाउँदा होस् वा बाहिरको चलचित्रमा काम गर्दा नै किन नहोस् । यो चिज ‘हजार जुनीसम्म’मा छ ।
कलाकारले काम गर्दा आफुलाई क्यारेक्टर मन परेर, स्कृप्ट राम्रो लागेर अनि निर्देशक माथी भरोसा गरेर काम गर्ला । तर, कतिपय अवस्थामा निर्देशकका कारण वा अन्य धेरै कारण चलचित्र विग्रन जान्छ । त्यस्तो बेला पनि दर्शकको गाली कलाकारले नै खानु पर्दा कत्तिको पिडा हुन्छ ?
एउटा राम्रो चलचित्रको अफर आउँछ । कलाकारको रुपमा मैले सक्दो राम्रो काम गर्छु । तर, कहिले काँही धेरै कारणले चलचित्र बिग्रन्छ । यद्यपी दर्शकले कलाकारलाई भरोसा गरेर हलमा जानुभएको खण्डमा हामीले त्यस्तो गाली खाने गरेका छौं । त्यो कुरालाई नचाहँदा नचाहँदै पनि आत्मसाथ गर्नुपर्छ ।
दर्शकले कलाकारलाई दोसी देख्दा पनि म नराम्रो मान्दिन । किनकी उहाँहरुले हामीलाई हेरेर हामीले राम्रो काम गछौं, राम्रो टिमसँग राम्रो कथामा काम गछौं भन्ने विश्वासमा जाने गर्नुहुन्छ नी त । त्यसैले म त स्वीकार्छु उहाँहरुको गालीलाई । हो, यसको भार निर्देशकले बोक्नु पर्ने हो तर, हामी बोक्न हिच्कचाउँदैनौं ।
सफलता वा असफलताको श्रेय प्रायः कलाकारलाई नै जाने गर्छ । अब यसको यो चलचित्र पनि चलेन भने करियर नै धरापमा जस्ता हेडलाइन पनि मिडियामा देख्न पाइन्छ । यस्ता कुरा हेर्दा दुःख लाग्छ तर, अर्को वे मा हेर्दा त अहिले डेढ दुई करोड त्यही कलाकारमाथी लगाइन्छ नी त । स्कृट होस् वा निर्देशकको सोच सबै कुरा कलाकार मार्फत नै पर्दामा उतारिने हो नी त ।
Do Watch Aryan Sigdel's Featured Movie
चलचित्रको बजार अनुसार कलाकारले आफ्नो काधमा बोक्नुपर्ने करोडौंको भारी धेरै हो वा ठिकै हो ?
बजार अनुसार त भारी नै हो । अस्ति भर्खर कसले भन्नु भयो हलवालाहरु दर्शक कुर्दै हुनुहुन्छ भनेर । अहिले पनि हामीले सिनेमा संस्कारको विकास गर्न सकेका छैनौं । चलचित्रको व्यापार फष्टाउन सकेको छैन । चलचित्रको बजेट दिन प्रतिदिन बढिरहेको छ । यो चिज कम हुनुपर्छ जस्तो लाग्छ ।
बजार किन फष्टाउन सकेन ? सिनेमा संस्कारको विकास किन हुन सकेन ?
सिनेमा कल्चर भन्ने कुरा आजको भोलि नै विकास हुने कुरा होइन । चलचित्र राम्रो हुदै जानु पर्यो । एकपछि अर्को चलचित्र राम्रा बन्न थाल्नु पर्यो । हामीले बढी भन्दा बढी दर्शकलाई नेपाली चलचित्र राम्रा बनेका छन् है भनेर विश्वास दिलाउन सक्नु पर्छ । नेपाली चलचित्र राम्रा बनेका छन् भनेर एकपछि अर्को दर्शक बढ्दै जाँदा बल्ल सिनेमा संस्कार स्थापित हुने हो । त्यसको लागि समय लाग्छ ।
Know more about Aaryan Sigdel's Filmography
अघि कलाकारको काँधमा करोडौंको भारी बढी हो भन्नु भयो । तपाईको काँधमा चाँही कतिको भारी ठिक हो ?
अब मैले तोकेरै अंक त कसरी भन्नु । अंक तोकेर भन्न त सक्दिन । तर, अहिलेको समयमा जुन खर्च बढीरहेको छ नी त्यो चाँही कम हुनुपर्छ ।
बजारमा तपाईलाई लिएर हुने विभिन्न टिका टिप्पणी बारे जानकार नै हुनुहुन्छ होला, मिडियाका हेडलाइनहरु पढ्नु नै भएको होला । यस्ता टिप्पणीले तपाईलाई केही असर गर्छ ?
म चलचित्रमा लागे, एउटा ठुलो ठाँउमा लागे । तर, म भित्रको सानो मान्छे कहिल्यै हराएन् । त्यसैले मलाई आर्यनको फिल्म फल्प, आर्यनको करियर धरापमा, आर्यन सकियो जस्ता शिर्षकले मज्जा लाग्दैन । जसले लेख्नु हुन्छ उहाँलाई पनि मज्जा लाग्दैन होला सायद । त्यसले सम्मान बढ्छ त ? चलचित्रको दर्शक बढ्छ त ? जब कि हामी एक अर्काका परिपूरक हौं । हामीले तपाईहरुको इज्जत र सम्मान माथी जाओस् भन्ने सोच्नु पर्यो । अनि तपाईहरुले पनि कस्ता खालका न्यूजले चलचित्र र चलचित्रकर्मीलाई हेर्ने दष्टि राम्रो बनाउन सकिन्छ भनेर सोच्नु पर्छ जस्तो लाग्छ । हामी भन्दा पनि बढी तपाईहरु पो संवेदनशिल हुनुपर्छ जस्तो लाग्छ यो कुरामा ।
व्यवसायिक रुपमा मलाई त्यस्ता न्यूजले असर गर्छ होला । तर, व्यक्तिगत रुपमा म त्यस्ता कुरामा ध्यान दिन्न । मेरो एउटा शैली छ । मैले पैसा कमाउनका लागि कहिल्यै चलचित्रमा काम गरिन । स्टार हुनलाई वा लाइफस्टाइल खतरा होस् भनेर चलचित्र कहिल्यै गरिन । म सँग भएको एउटै गुण चलचित्रमा काम गर्ने हो । म अरु केही गर्न सक्दिन, चलचित्र मात्र गर्न सक्छु । म त्यही कुरालाई निरन्तरता दिन्छु । त्यसैले त्यस्ता कुराले मलाई माथी लग्दा वा तल खसाल्दा पनि फरक पर्दैन । किनकी म आफ्नो बाटोमा हिडिरहेको छु । मेरो गन्तव्य कहाँ हो भन्ने पनि मलाई थाहा छैन । हाम्रोमा कलाकारको जीवन सुरक्षित छैन भन्ने पनि धेरैलाई थाहा छ । यहाँहरुको साथ रहन्जेल म जुन दिन सम्म हिड्न सक्छु हिडिरहन्छु ।
For more News about Aryan Sigdel
Do follow Aryan Sigdel on Facebook
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



